आज मितिः २०८३ बैशाख ६ गते

उद्दार अनलाईन

564 Posts
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं-   महानगरपालिका स्वास्थ्य विभाग डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ। नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। डेंगु नियन्त्रण ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्,…
Read More
भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

काठमाडौं- भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।   यो सहित भारत तेस्रो पटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६।४ ओभरमा १०३ रनमा समेटियो।​   इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।​ जोनी बेयरस्टो र मोइन अलीलाई पनि पटेलले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन…
Read More
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय भएसँगै देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आइतबारसम्म मनसुन सक्रिय हुने छ ।   महाशाखाले बिहीवार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको थियो । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।…
Read More
गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्कायो

गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्कायो

काठमाडौं– अत्यधिक मदिरा सेवन गरी मातेको पाएपछि गायक राजेश पायल राईलाई एयरलाइन्सले फर्काएको छ। गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए। दुबईको कार्यक्रमका लागि विहीबार बिहान विमानस्थल पुगेका थिए उनी । तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगायो। प्रहरीले उनलाई ट्याक्सीमा घर पठाएको छ। मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। यसअघि मदिरा सेवन गरी राती होहल्ला गरेको अभियोगमा उनी एक रात वानेश्वर वृत्तमा थुनामा परेका थिए।
Read More
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण

भक्तपुर  - एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा…
Read More
क्रिकेटका दिपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित

क्रिकेटका दिपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली-   एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।   क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका हुन् । त्यस्तै कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना पनि परेका थिए । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले…
Read More
एसइईको नतिजा आज सार्वजनिक गर्ने

एसइईको नतिजा आज सार्वजनिक गर्ने

भक्तपुर-   परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ।’ असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो।   यस पटक नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् भने ग्रेड वृद्धितर्फ २१…
Read More
विपद्‍मा परी १४ जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट उद्धार

विपद्‍मा परी १४ जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं-   पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् । प्राधिकरणका अनुसार घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको छ। विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको छ । बुधबारसम्म प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक…
Read More
माइक्रो बस र ट्रक ठोक्किदा आधादर्जन यात्रु घाइते

माइक्रो बस र ट्रक ठोक्किदा आधादर्जन यात्रु घाइते

चितवन - चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै १ नम्बर पुलमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । मङलबार करिब ५ बजेतिर उक्त दुर्घटना भएको हो । काठमाडौंबाट प्रगतिनगर नवलपुर जाँदै गरेको प्रदेश ०३(१(००५ ख ९४९५ नम्बरको माइक्रो र नवलपुर बाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेको ना८ ख ५६५५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि माइक्रो चालक सहित माइक्रोमा सवार आधा दर्जन यात्रु घाइते भएको छ । घाइतेहरुको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ भने दुर्घटनाका कारण सडक एकतर्फी भएको छ । साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
Read More
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक- गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।   विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।   पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.