आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
अस्पतालबाट हराएको शिशु भक्तपुरमा भेटियो

अस्पतालबाट हराएको शिशु भक्तपुरमा भेटियो

काठमाडौं- काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु भक्तपुरमा भेटिएको छ । अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। ‘हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ’, उनले भने, ‘बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।’ काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
Read More
मन्त्री ज्वालालाई कारबाहीको माग

मन्त्री ज्वालालाई कारबाहीको माग

काठमाडौँ- नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेको छ ।   एमाले सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउँछौँ । विरोध गर्छौ त्यसका लागि समय माग गरिसकेका छौँ । हाम्रो ध्यानाकर्षणलाई सरकारले कसरी लिन्छ त्यसमै बैठक अघि बढ्ने नबढ्ने भर पर्छ ।’   फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको…
Read More
कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु- कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए। बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए। विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो। केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ। केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन…
Read More
कञ्चनपुरमा कुकुरले चार लाखको कुखुरा मार्याे

कञ्चनपुरमा कुकुरले चार लाखको कुखुरा मार्याे

कञ्चनपुर- कञ्चनपुरमा आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको छ । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो। सय बढी कुखुरा घाइते छन्। “बैंकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका उनले पालेकि हन् । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीयले बताए। “पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो…
Read More
महामन्त्री थापाले भने- अब गठबन्धन गर्न हुदैन

महामन्त्री थापाले भने- अब गठबन्धन गर्न हुदैन

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा अब गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन् ।   सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उनले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका हुन् । “यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,”– उनले भने ।   महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए । महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गरेका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम…
Read More
ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको आग्रह

ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको आग्रह

काठमाडौं- काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ। विशेष अदालतले व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्न आदेश दिएसँगै महानगरले ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो। एक सूचना प्रकाशित गर्दै ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको छ। ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं।४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत सरकारी भएको छ,’ सूचनामा भनिएको छ, ‘स्थानीय सरकार…
Read More
स्वयम्भूमा तीन जनाको शव फेला

स्वयम्भूमा तीन जनाको शव फेला

काठमाडौं, काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो। ‘तीन जनाको शव फेला परेको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दैछ,’ उनले भने, ‘कस्तो अवस्थामा थियो भन्ने पछि आउला।’ शव घरभित्र फेला परेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेको छ।        
Read More
त्रिभुवन विमानस्थलमा करीब एक किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलमा करीब एक किलो सुनसहित एक जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।
Read More
बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते

बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते

पोखरा- पोखरामा रहेको एक बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् । पोखरा महानगरपालिका(१८ ग्यारजातीमा रहेको बाल सुधार केनद्रमा झडप भएको हो ।   खाना खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।   ‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।  
Read More
चितवनको खैरहनीमा एक युवकको हत्या

चितवनको खैरहनीमा एक युवकको हत्या

चितवन- चितवनको खैरहनी नगरपालिकामा २ चैनपुरमा एक जना युवकको हत्या भएको छ । मंगलबार करिब ७ बजे निर्माणधिन अवस्थामा रहेको हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थलबाट मृतकको घर ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.