आज मितिः २०८३ बैशाख १० गते

बन्यो २० सदस्यीय मन्त्रिपरिषद्- सूचीसहित

काठमाडौं-

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार गठन भएको चार सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरु थप भएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका छन् । शपथपछि मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहणसमेत गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर नयाँ सरकार बनेको हो । बुधबार नियुक्त हुने मन्त्रीहरुमा एमालेका ८, माओवादीका ५, रास्वपामा ४ र नेकपा एसका २ जना छन् । यसअघि सोमबार एमाले, माओवादी र रास्वपाका एक–एक मन्त्रीले शपथ लिएका थिए ।

एमालेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् ।

यसैगरी माओवादीका नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रीको शपथ लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । गत वर्ष एक महिनामै गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेको गृहमा यो दोस्रो प्रवेश हो ।

माओवादीबाट
१-पुष्पकमल दाहाल प्रधानमन्त्री
२- नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र
३- वर्षमान पुन अर्थ
४- शक्ति बस्नेत ऊर्जा
५- रेखा शर्मा सञ्चार
६- हितबहादुर तामाङ पर्यटन

एमालेबाट
१- रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार
२- पदम गिरी कानुन तथा न्याय संसदीय मामला
३- हरि उप्रेती रक्षा
४- भगवती चौधरी महिला तथा वालवालिका
५- राजेन्द्र राई खानेपानी
६- दामोदर भण्डारी उद्योग वाणिज्य
७- ज्वालाकुमारी शाह कृषि
८- बलराम अधिकारी भूमिसुधार

रास्वपाबाट
१- रवि लामिछाने उपप्रधान तथा गृह
२- डीपी अर्याल श्रम
३- विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद
४- सुमना श्रेष्ठ शिक्षा

नेकपा एकीकृत समाजवादी
१- भानुभक्त जोशी संघीय मामिला
२- धनबहादुर बुढा सहरी विकास

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.