चितवनको रत्ननगरमा गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे, इसिजी सेवा
चितवन- चितवनको रत्ननगर नगरपालिकाले गर्भवती महिलालाई हरेक वडा–वडामा निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन जारी राखेको छ । गत चैत ८ गतेदेखि वडा नं–८ बाट सुरू भएको यो सेवा प्रत्येक महिनाको १ गतेदेखि १६ गतेसम्म बिदाको दिनमा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाका अधिकृत वासुदेव सापकोटाले जानकारी दिए । चुनावी अभियानमा मेयरका उमेदवार प्रलाद सापकोटाले गर्भवती महिलाका लागि वडा–वडामा निःशुल्क ल्याब सेवा सञ्चालन गर्ने प्रण गरेका थिए । सोही प्रतिबद्धताबमोजिम नगरपालिकाभित्रका करिब एक हजार ६ सय गर्भवती महिलालाई लक्षित गरी निःशुल्क भिडियो एक्स–रे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन गरिएको नगरप्रमुख सापकोटाले बताए । ‘नगरभित्रका गर्भवती महिला र पेटभित्रको…