वे ग्रुप नेपालद्वारा आयोजित खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न
भरतपुर, श्रावण ३० – वे ग्रुप नेपालको आयोजनामा भरतपुरको वडा नं. ४ को चितवन फुड मार्ट पार्टी प्यालेसमा खुल्ला तीज गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा २१ महिला समुहहरूले सहभागिता जनाएका थिए। तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्ने र वातावरण सरसफाइ सम्बन्धि जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा संगम आमा समूह भरतपुर–९ ले प्रथम स्थान हासिल गरेको छ। शान्ति कुञ्ज महिला उद्यमी सहकारी संस्था रत्ननगर–१२ दोस्रो स्थानमा तथा आनन्द महिला समूह भरतपुर–५ तेस्रो स्थानमा रहे। कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्नवय समिति चितवनका उप-प्रमुख कल्पना काफ्ले सापकोटा रहनुभएको थियो भने विशिष्टमा पूर्व सामाजिक तथा विकास मन्त्री तथा बाग्मती…