आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिकको उपाधि
काठमाडौं- नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए। बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे। आसिफ…