
पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन
काठमाण्डौं- रोयल्स च्यालेन्जर्स बेंग्लोर पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को च्याम्पियन बनेको छ । अहमेदाबाद रंगशालामा मंगलबार १८औँ संस्करणको उपाधि भिडन्तमा पन्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित निकाली बेंग्लोर पहिलोपटक च्याम्पियन बनेको हो । बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले चौथोपटक फाइनलमा ट्रफी उचाल्न सफल भए । पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन जोड्दा बेंग्लोरले बाजी मारेको हो । अन्तिम ओभरमा पन्जाबलाई उपाधि जित्न २९ रनको आवश्यकता थियो । बेंग्लोरबाट जोस हेजलउडले बलिङ गरेका थिए । शशांक सिंहले अन्तिम ओभरमा २२ रन बटुले पनि पन्जाबलाई उपाधि दिलाउन…