आज मितिः २०८१ फाल्गुन २ गते

पत्रपत्रिकाबाट

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

भरतपुर- चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका(६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्। यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ। चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो। गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना। युवयुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन्। भीर, पहरा र छहराको संयोग, प्राकृतिकरुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य…
Read More
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

चितवन - चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया…
Read More
अन्तिम चरणमा पुगेको अस्पताल ‍छोडेर ठेकेदार सम्पर्कविहीन

अन्तिम चरणमा पुगेको अस्पताल ‍छोडेर ठेकेदार सम्पर्कविहीन

खोटाङ- जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ। २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो। संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए। ुम कार्यालय प्रमुखको रुपमा गत पुस ४ गते खोटाङको आएको हुँ। म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ। भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो। गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छु, उनले भने, ुनिर्माणाधीन अस्पतालको पक्की भवन…
Read More
चैतबाट बैंकले निक्षेपको ब्याजदर थप घटाउने

चैतबाट बैंकले निक्षेपको ब्याजदर थप घटाउने

    काठमाडौं( आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो ।   नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागू हुनेछ । जसका कारण व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो ।   हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीच ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्त…
Read More
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुर- दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ । आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढे । “बुबा सहिद भएपछि टुहुरो भएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाइन् । यसपछि सहिद स्कुलमा कक्षा ९ देखि पढ्न आए । “मलाई यो विद्यालयका बारेमा थाहा…
Read More
वैदेशिक रोजगारीमा जाने चितवनबाट उच्च

वैदेशिक रोजगारीमा जाने चितवनबाट उच्च

भरतपुर- श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरू मध्ये चितवन पहिलो रहेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका युरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनका अनुसार ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्।’ आर्थिक वर्ष २०७९र२०८० मा नेपालबाट सात…
Read More
आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

गोदार ।- जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताए । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सवमा करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय…
Read More
स्वस्थानी व्रतकथा आजदेखि,नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना

स्वस्थानी व्रतकथा आजदेखि,नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना

काठमाडौँ- आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत niekto je ostrý ako britva nike air force 1 blanc jaune adidas euro club herren basketball sport expander obuv sabatky nike air force 1 blanc jaune helly hansen c48 werkbroek trainingsjacke firebird set pennarelli bambini levis 512 w30 l32 amplificador altavoces burtonin lumilauta Finland cat ayakkabı modelleri baskenmütze bague argent et…
Read More
गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखा- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो ।   फलफूलको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उहाँले भन्नुभयो, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।”   परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कूल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण…
Read More
जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौँ - नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।   प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो । फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो । रासस  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.