आज मितिः २०८१ चैत्र ६ गते

ताजा अपडेट

कञ्चनपुरमा वडाध्यक्ष खड्का मृत भेटिए

कञ्चनपुरमा वडाध्यक्ष खड्का मृत भेटिए

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाकामा वडाध्यक्ष मृत फेला परेका छन्। भीमदत्त नगरपालिका(६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन्। उनीसँगै म १ प ४८५२ नम्बरको मोटरसाइकल पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ा वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान छ।  
Read More
सन्दीप लामिछानेको पेसी आज

सन्दीप लामिछानेको पेसी आज

काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ। अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ। तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो। लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१,२ र ३०…
Read More
मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु

चितवन- गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा चितवन रत्ननगर नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् । आइतबार राति ८ः४५ बजे राप्ती नगरपालिका–१ महादेवटारमा हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो ।
Read More
नवौं खिचरा महोत्सव पौष २८ देखि माघ १० गते सम्म

नवौं खिचरा महोत्सव पौष २८ देखि माघ १० गते सम्म

रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव हरेक वर्ष झैँ पौष २८ देखि माघ १० सम्म हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजना रहेको महोत्सवले थारु संस्कृतिको जगेर्ना गर्नको निम्ति महोत्सब संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि गराएको हो । माघी पर्व ,माघ १ गते थारु जातिको नव वर्षको रुपमा मान्ने गरेका छन् । थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ…
Read More
गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।  
Read More
सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन्। बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति…
Read More
चितवनमा फेरी ध्रुवे हात्ती आतँक

चितवनमा फेरी ध्रुवे हात्ती आतँक

चितवन- चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका(२३ वयरघारी क्षेत्रमा चारवटा घर भत्काई दिएको छ। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले बताए। हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्ने मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। ध्रुबे हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो।उनले भने,‘अन्य हात्ती शान्त भए पनि यो…
Read More
रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवकाे स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनकाे काम अन्तिम चरणमा पुगेकाे संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । महाेत्सवकाे समग्र व्यवस्थापनकाे काम करिब ९० प्रतिशत सकिएकाे उनले जानकारी दिए । महाेत्सवकाे प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ…
Read More
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४।७ म्याग्‍निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०स्१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा पनि भएको थियो।  
Read More
रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

काठमाडौं- रूसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो। यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको थियो भने एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेका छन्। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.